काठमाडौँ। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार गर्ने व्यक्तिको पहिचान खुलेको छ ।
सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । त्यसपछि अनुसन्धानमा जुटेको व्यक्तिले दुर्व्यवहार गर्नेको पहिचान गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले व्यक्तिको पहिचान भइसकेकाले जतिसक्दो चाँडो पक्राउ पर्ने दाबी गरेको छ ।







