२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कार्कीद्वारा द्विपक्षीय राजनीतिक संवाद सुरु, आज नारायणकाजी श्रेष्ठ र वर्षमान पुनसँग छलफल

अ+ अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आफ्नै अग्रसरतामा चुनावी वातावरणका लागि राजनीतिक सहमति जुटाउन दलहरूसँग छलफल थालेकी छन् ।

उनले शुक्रबार साँझ माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुनसँग बालुवाटारमा भेटिन् ।

जेनजी आन्दोलनपछि दलहरूसँग राजनीतिक संवाद नै हुन नसकेपछि गत साता राष्ट्रपतिको अग्रसरतामा शीतल निवासमा सर्वदलीय बैठक भएको थियो । उक्त बैठकमा अब आफैँले दलहरूसँग छलफल अघि बढाउने प्रधानमन्त्रीले उल्लेख गरेकी थिइन् ।

जेनजीका प्रतिनिधिहरूसँग पनि बिहीबार पहिलो चरणको वार्ता भएपछि प्रधानमन्त्रीले दलहरूसँग अब छुट्टाछुट्टै छलफल गर्न थालेकी हुन् ।

शुक्रबार माओवादी नेताहरूसँगको भेटमा उनले जसरी पनि चुनाव गराउन सरकार लागेकोले यसका लागि दलहरूले सहयोग गर्नुपर्ने धारणा राखेकी थिइन् ।

‘हामीलाई छलफलका लागि प्रधानमन्त्रीले बोलाउनु भएको थियो,’ माओवादी उपमहासचिव वर्षमान पुनले भने, ‘उहाँले चुनावका लागि वातावरण बन्छ दलहरूले सहयोग गर्नुपर्छ भन्नुभएको छ ।’

माओवादीले पहिले नै चुनावमा जाने निर्णय गरिसकेकोले त्यसका लागि वातावरण चाहिँ उपयुक्त बन्नुपर्ने बताएको छ । ‘चुनावका लागि चाहिने वातावरण बनाउन सरकारले सबै काम गर्नुपर्छ त्यसका लागि लाग्नुपर्छ भन्ने हाम्रो सुझाव छ,’ उपमहासचिव पुनले भने ।

उनीहरूले चुनावका लागि गठन भएको सरकारले अन्यत्र भन्दा चुनावी गतिविधि मै बढ्ता केन्द्रित भएर राजनीतिक माहोल बनाउन लाग्नुपर्ने सुझाव दिएका थिए ।

चुनावका लागि अहिले सुरक्षाको नै भरपर्दो अवस्था नरहेको भन्दै दलहरूले चासो जनाइरहेका छन् । प्रहरीको मनोबल गिरेको अवस्थामा त्यसले चुनावको सुरक्षा गर्ने आत्मबल ल्याउन नसक्ने धारणा दलहरूले राख्दै आएका छन् ।

राष्ट्रपतिले पनि दलहरूको यो चासो मुख्य भएकाले यसको सम्बोधन गर्न गत साता प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।  प्रधानमन्त्री र गृहमन्त्रीले वातावरण बनाउने प्रतिबद्धता जनाएका थिए ।

प्रधानमन्त्री कार्कीले अब सबै दलका नेताहरूलाई पालोपालो निरन्तर भेट गर्ने कार्यसूची बनाएकी छिन् ।