२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीम रावल लगायत सबैको कारबाही फिर्ता गर्न एमाले बैठकमा माग

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टीका पूर्वाध्यक्ष भीम रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कमिटी बैठकमा आफ्ना भनाइ राख्ने क्रममा उनले रावल लगायतको कारबाही फिर्ता हुनुपर्ने बताएका हुन् ।

त्यस्तै, उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण पनि रोक्न नहुने उनले बताए । ‘विद्या भण्डारीको सदस्यता नवीकरण रोक्न हुँदैन । भीम रावल लगायत सबैको कारबाही फिर्ता हुनुपर्छ,’ बैठकमा रावलले भनेका छन् ।

उनले एमालेका सबै सदस्यहरू भागेर लुकेकाहरू भएको भन्दै यथार्थपरक बन्न पनि आग्रह गरे ।

‘हामी सबै भागेर लुकेकाहरूको भेला हो यथार्थपरक बनौँ,’ रावलको आग्रह थियो, ‘देश गम्भीर संकटमा छ, संविधान मुर्छित, लोकतन्त्र घाइते र कम्युनिष्ट आन्दोलन विघटनको मोडमा छ । घनघोर षडयन्त्र र आकर्मणको सम्भावना टरेको छैन ।’

जनता एकातिर हुँदा पार्टी सदस्यहरू भने अर्कोतिर हिँडिरहेको उनको भनाइ छ । ‘पार्टीमा नेतृत्व हस्तान्तरण प्रक्रियालाई सहज रूपमा लिनुपर्छ,’ उनले भने, ‘२२ गते भन्दा अघिको र पछिको शक्तिसन्तुलन र सम्बन्धमा व्यापक फेरबदल भएको छ ।’