२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेंगी बढेपछि ‘खोज तथा नष्ट’ अभियान सुरु

अ+ अ-

काठमाडौँ। बागलुङमा डेङ्गुको सङ्क्रमण बढसँगै ‘खोज तथा नष्ट’ अभियान सुरु भएको छ ।

अघिल्लो साता जिल्लाभर ११० जनामा डेंगी सङ्क्रमण देखिएका त्यो बढेर २५७ पुगेपछि जनस्वास्थ्य कार्यालयले आज सोमबारदेखि जनचेतनामूलक कार्यक्रमसहित खोज तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको हो।

गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार ‘खोज तथा नष्ट गर्’ अभियान बागलुङ नगपालिका–१ रामरेखा, वडा नं २ समीक्षालयरोड, वडा नं ३ बुद्ध विहार र वडा नं ४ उपल्लाचौरबाट एक साथ सुरु गरिएको हो।

सो अभियानमा जिल्लास्थित जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, टोल सुधार समितिका प्रतिनिधि र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको छ।

अभियानका क्रममा डेङ्गु फैलाउने लामखुट्टेको बासस्थान रहेको सडक, नालीलगायत सार्वजनिक स्थलमा रहेका खाल्डाखुल्डी, फूलदानी, पुराना टायर, ड्रम आदिको सफाइसमेत गरिँदै आइएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी सङ्क्रमण फैलिएको बागलुङ नगरपालिकामा मात्र १३६ जना प्रभावित भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै गलकोट नगरपालिकामा ४३, काठेखोला गाउँपालिकामा २३, ढोरपाटन नगरपालिकामा १५, जैमिनी नगरपालिकामा सात, बडिगाड गाउँपालिकामा छ, ताराखोला गाउँपालिकामा चार र निसीखोला गाउँपालिकामा दुई जनालाई डेंगी सङ्क्रमण फैलिएको सो कार्यालयले जनाएको छ ।

बागलुङ नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख रामप्रसाद खनालका अनुसार लामखुट्टेको बासस्थानसहित लार्भा हुर्काउने स्थल नष्ट गर्ने तथा व्यापक जनसहभागितासहित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेतर्फ पालिकाले अभियानका रूपमा कार्यक्रम सञ्चालन गरेको छ ।

एक्कासी उच्च ज्वरो आउनेजस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परीक्षण गरी र आवश्यकताअनुसार उपचार सुरु गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । यसैगरी रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखापरेमा डेङ्गु सङ्क्रमण हुनसक्ने भएकाले अस्पतालमा सम्पर्क गर्न जनस्वास्थ्य प्रमुख सापकोटाले सुझाव दिए ।