काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
लोसपासहित आफ्नै पार्टी जनमत, काँग्रेस र एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सतिशकुमार सिंह स्पष्ट अल्पमतमा परेका छन् ।
लोसपाबाट सरकारमा रहेकी शिक्षामन्त्री रानीकुमारी तिवारीले राजीनामा दिएसँगै समर्थन फिर्ता लिएको हो ।







