२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धनकुटामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु 

अ+ अ-

काठमाडौँ । धनकुटाको साँगुरी गढी गाउँपालिका-९ स्थित पाँच गोलाइमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । सोमबार बिहान २ बजे मिनि ट्रक अनियन्त्रित भइ सडकबाट तल खस्दा सह-चालक उदयपुरको उदयपुर गढी गाउँपालिका-९ स्थित कुर्कुनटार बस्ने २६ वर्षीय नारायण खड्काको मृत्यु भएको हो ।

दुर्घटनामा  चालक उदयपुरको रानिटार घर भएका अन्दाजी १९ वर्षीय दिनेश क्षेत्री गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार धनकुटाबाट सब्जी लिएर धरान जाँदै गरेको प्र-३-०१-००३ क ६९०६ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडकदेखि अन्दाजी तीन सय मिटर तल खसेको थियो ।

दुर्घटना भएको स्थानमा प्रचौ मुलघाटबाट प्रसनि टंक बहादुर कटवालको कमाण्डमा पाँच जना प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहितको टोली घटनास्थल पुगी उनीहरूलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याएको थियो । उपचारको क्रममा सहचालक खडकालाई बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् । चालक क्षेत्रीलाई भने जिल्ला अस्पताल धनकुटामा उपचार भइ रहेको छ ।

शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटाको सव गृहमा राखेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।