काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त मनोज सिलवालले पदभार ग्रहण गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई नयाँ कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।
ऊर्जा मन्त्रीको जिम्मेवारी पाएका कुलमान घिसिङले तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गर्दै सिलवाललाई नियुक्त गरेका हुन्।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा पाँचौँ तहका कर्मचारीका रूपमा प्राधिकरणमा प्रवेश गरेका थिए।
१२ औँ तहमा पुगेका सिलवाल २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए।







