२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगानीको वातावरण बिग्रन नदिन महासंघको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा लगानीको वातावरण बिग्रन नदिनेतर्फ गम्भीर हुन आग्रह गरेको छ ।

गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा आगजनी तथा तोडफोड भएका बहुराष्ट्रिय कम्पनी एनसेल तथा चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्सको आज निरीक्षण गर्दै महासंघले टोलीले सरोकार भएका सबैलाई वातावरण बिथोलिन नदिन आग्रह गरेको हो ।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस्ता घटनाले लगानीको वातावरण बिग्रने अवस्था आएको भन्दै सबैलाई गम्भीर हुन आग्रह गरे । उनले जेन जेड आन्दोलनका क्रममा देशैभरि निजी क्षेत्रका ठूला, मझौला तथा साना उद्योगहरू तथा व्यक्तिका निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोड भएको र यसले दैनिक उत्पादन तथा रोजगारीमा असर परेको बताए ।

नेपालमा विदेशी तथा स्वदेशी लगानी आकर्षित गर्नका लागि यस्ता घटनाहरूले दीर्घकालीन असर पार्ने अध्यक्ष ढकालको भनाइ थियो । “नेपालमा लगानीको वातावरण बिग्रिने अवस्था आएको छ । यस्ता घटनाले देशको आर्थिक विकासमा गम्भीर असर पार्छ । सरकार, राजनीतिक दल र सरोकार भएकाहरूलाई लगानीमैत्री वातावरण कायम गर्न आग्रह गर्दछु”, उनले भने, “नेपालको अर्थतन्त्रमा निजी क्षेत्रले ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशतभन्दा बढी योगदान दिएको अवस्थामा लगानीको संरक्षणका लागि उद्योगी व्यवसायीहरूको सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने आवश्यकता छ ।”

महासंघले यसअघि अर्थमन्त्री र गृहमन्त्रीसँग भेटेर निजी क्षेत्रले अझै पनि शान्ति सुरक्षाको अनुभूति गर्न नसकिरहेको भन्दै ध्यानाकर्षण गराएका थिए । महासंघले सुरक्षाको प्रत्याभूति दिन, आन्दोलनका क्रममा निजी क्षेत्रको सम्पत्तिमाथि भएको आक्रमण, तोडफोड र आगजनीमा संलग्न भएकाहरूमाथि कानुनी दायरामा ल्याउन आग्रह गरेको थियो ।