काठमाडौँ। नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।
बोर्डले आज एक सूचना जारी गर्दै सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी आवेदन माग गरेको हो।
बोर्डका अनुसार सहायक निर्देशक प्रशासन समूहमा खुला १, कानून समूहमा मधेशी समावेशी १ र दलित समावेशी १ पदमा दरखास्त माग गरिएको छ। त्यस्तै, वरिष्ठ सहायक प्रशासन समूहमा खुला १ र महिला समावेशी १ गरी थप पदहरूका लागि पनि आवेदन खुला गरिएको छ।
योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि असोज २ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर असोज ९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् सूचना :










