काठमाडौँ। नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले लिपुलेक समस्या कूटनैतिक माध्यमबाट समाधान गरिनुपर्ने बताएका छन् ।
भारत र चीनबीच नेपालको लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने निर्णय भएपछि नेपालमा यसको चर्को विरोध भइरहेको छ । तर प्रमुख दलहरूले बोलेका छैनन् ।
एमाले स्थायी समिति सदस्य गौतम भने यो विषयको संवेदनशीलतालाई ध्यान दिएर कूटनैतिक माध्यमबाट पहल लिइनुपर्ने बताउँछन् ।
‘नेपाल र भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको गहिराई, मर्म र भावना तथा ऐतिहासिक सन्धि सम्झौताका आधारमा कूटनैतिक पहल लिइनुपर्छ’ गौतमले भने ।
नेपालको संविधानमा समावेश भइसकेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अंग र भूभाग रहेकोमा एमाले स्पष्ट रहेको पनि गौतमले बताए ।







