२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा क्षेत्रमा थप कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको निर्देशन

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सीमा क्षेत्रबाट हुने चोरीनिकासी पैठारी र अवैध आवतजावत रोक्नको लागि थप कडाइ गर्न निर्देशन दिएका छन् ।

मंगलबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ सबै तहका युनिट कमान्डरहरूलाई सीमा सुरक्षासँग सम्बन्धी विविध विषयमा निर्देशन दिँदै उनले जवाफदेही र जिम्मेवार बन्न तथा चेनअफ कमाण्डलाई कायम राख्न मातहत सबै कमाण्डरहरुको उत्तिकै भूमिका हुने बताए ।

सीमा ईलाकामा हुने अवैध चोरी तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म रूपमा निगरानी गरिरहेको र त्यसमा कतै कमीकमजोरी देखिएमा वा शंका लाग्नसाथ कुनै पनि कमाण्डर छानविन र कारवाहीको भागिदार बन्ने उनले बताए ।

हरेक कमाण्डर मुलुक, आम जनता र संगठनको हितमा विवेक प्रयोग गर्न स्वतन्त्र रहेको स्पष्ट पार्दै उनले असल कार्यको लागि मुख्यालयको आदेशको पर्खाइमा बस्नु नपर्ने बताए । उनले सीमा क्षेत्रमा कार्यरत सुरक्षाकर्मीलाई सीमा क्षेत्रमा कार्य गर्दा अपनाउनुपर्ने आचरणका विषयमा समय–समयमा काउन्सिलिङ गर्दै आचरण विपरीत कार्य गर्ने माथि कठोर हुन समेत निर्देशन दिए ।

सीमा क्षेत्रबाट हुने अवैध आवतजावत रोक्नको लागि र शंकास्पद व्यक्ति देखिएमा त्यसलाई विशेष निगरानी गर्न र सीमा क्षेत्रलाई व्यवस्थित गर्न हर हालतमा चनाखो बन्न पनि उनले निर्देशन दिए ।

सो क्रममा सीमा जोडिएका क्षेत्रका सबै बाहिनी मुख्यालय, गण, गुल्म तथा बिओपी कमान्डरहरूलाई सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गणेश बहादुर ठाडा मगरले त्यसक्षेत्रमा कार्यरत कमान्डरहरूले सीम अपराध रोकथामको लागि सरोकारवाला सबै निकाय सँगको समन्वय र सहकार्यमा कार्य गर्न निर्देशन दिए । सीमा क्षेत्रका स्थानीय बासिन्दा सँगको समन्वय र सहकार्य अझ महत्त्वपूर्ण रहेकाले त्यसमा समेत विशेष जोड दिन जरुरी रहेको उनले बताए ।

सीमा सम्बन्धी अभिलेखीकरण तथा त्यसको विविध पक्षहरूका बारेमा सबै तहका कमाण्डर जानकार हुनुपर्नेमा जोड दिँदै उनले प्रत्येक युनिटले गर्ने राम्रा कार्य र सफलता समग्रमा संगठन र मुलुकको सफलता सँग जोडिने भएकोले त्यसतर्फ अझ बढी संवेदनशिल हुन निर्देशन दिए । जटिल परिस्थितिमा प्रत्येक कमाण्डरले सही निर्णय लिन सक्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा सीमासँग जोडिएका बाहिनी मुख्यालय प्रमुखहरूले हाल सीमा क्षेत्रमा भइरहेका कामकारवाही सम्बन्धी विविध विषयमा प्रस्तुतीकरण गरेका थिए भने गण, गुल्म तथा विओपी कमान्डरहरूले समेत सीमा सुरक्षाको वर्तमान अवस्था, चुनौती र भावी योजनाको बारेमा जानकारी गराएका थिए ।