काठमाडौँ । बानेश्वरबाट मंगलसिंह प्रजालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा (माओवादी केन्द्र)को पूर्वज मुक्ति सेना रहेका प्रजालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले मंगलवार पक्राउ गरेको हो ।
प्रजालाई ‘कानुनद्वारा प्रतिबन्धित’ तस्बिर/भिडियो आफ्नो फेसबुक पेज र अरू विभिन्न सामाजिक सञ्जालमार्फत पोस्ट/सेयर गर्ने गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







