२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपन्न-गरिब विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव

अ+ अ-

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गरिब तथा विपन्न विद्यार्थीलाई २.५ प्रतिशत आवास सुविधा दिने प्रस्ताव गरेको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको जारी बैठकमा सांसदहरूले निजी विद्यालयको पूर्ण छात्रवृत्तिमा आवास सुविधा राख्नुपर्नेमा जोड दिएपछि मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।

मन्त्रालयको यस्तो प्रस्तावपछि समितिमा अहिले यो विषयमाथि छलफल भइरहेको छ ।

छलफलमा सांसद डिगबहादुर लिम्बूले यो विषय प्रगतिशील ढंगले टुंगो लगाउनुपर्नेमा  जोड दिए । उनले भने, ‘कतिको २।५ प्रतिशत हो रु निजीलाई जवाफदेही उत्तरदायी बनाउनु पर्छ । क्रमशः बढाउँदै लजैने प्रस्ताव छ । कम्तीमा १० प्रतिशत गरौँ । गरिबले पनि महसुस गरुन् ।’

यसैगरी सांसद सुमना श्रेष्ठले मन्त्रालयको उक्त प्रस्तावमाथि टिप्पणी गर्दै गृहकार्य नपुगेको बताइन् । उनले आवासीय सुविधा भएको विद्यालय कति छ भनेर प्रश्न गरिन् । उनले भनिन्, ‘मन्त्रालयको २.५ प्रतिशत आवास सुविधामा गृहकार्य पुगेन । यो हेपाह प्रवृत्ति भयो । हामीलाई स्वीकार्य छैन । नियमावलीमा राखियो भने पनि यो विषय कार्यान्वयन हुँदैन ।’

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले निजी विद्यालयले दिने पूर्ण छात्रवृत्तिको आवास सुविधा कानुनमा नराख्न प्रस्ताव गरेका थिए ।