२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि २२ सम्म हुने दोस्रो विधान महाधिवेशनमा दुई हजार ३९२ जना सहभागी हुने भएका छन्। 

एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा दुई हजार १२८ प्रतिनिधि र २६४ जना आयोजकका रूपमा सहभागी हुनेछन्।

उनले विसं २०७८ मा चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्र विधान महाधिवेशनका प्रतिनिधि हुने भएकाले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहने बताए। उनले महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जानकारी दिए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ। यसैगरी, महाधिवेशन स्थलमा कम्तीमा ३०० जना स्वयंसेवक परिचालन गर्ने तयारी छ। सञ्चारमाध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित ‘समाचार डेस्क’ स्थापना गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

यसैगरी, महाधिवेशनलाई भव्य बनाउन सात दोबाटोदेखि गोदावरीस्थित सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने, सातदोबाटोबाट गोदावरीसम्म सार्वजनिक यातायातको प्रबन्ध गर्ने तयारी छ।

उनले यही भदौ १० गतेसम्म मातहतका कमिटीलाई विधानबारे सुझाव दिन समय दिएको बताए। उनका अनुसार महाधिवेशनमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेले सांगठनीक प्रतिवेदन पेस गर्नेछन्।