२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो हिमालयन इन्टरनेसनल स्ट्रोक समिट काठमाडौँमा सुरु

अ+ अ-

काठमाडौँ। नेपालमा पहिलो पटक हिमालयन इन्टरनेसनल स्ट्रोक समिट सुरु भएको छ । नेपाल पक्षघात संघले नेपाल स्ट्रोक प्रोजेक्टसँगको सहकार्यमा दुई दिने सम्मेलनको सुरु भएको हो।

पहिलो दिनको वैज्ञानिक सत्रको उद्‌घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले यस्तो सम्मेलनले नेपाल र नेपाली चिकित्सकहरूका लागि नयाँ आयामका बारेमा सिक्ने अवसर प्रदान गर्ने बताए।

सोही अवसरमा स्ट्रोक उपचारको प्रोटोकल बुक प्रमुख अतिथि पौडेललगायतका सहभागीले संयुक्त रूपमा विमोचन गरेका थिए। नेपाल पक्षघात संघका अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिस्ट डा।राजु पौडेलले नेपाल स्ट्रोक एसोसियसनको गतिविधिका बारेमा जानकारी गराए ।

उनले सरकारी अस्पतालमा स्ट्रोकको नि:शुल्क उपचार भएमा मात्र बिरामी निको हुने संख्या बढाउन सकिने बताए। हरेक प्रदेशमा एउटा स्ट्रोकको उपचार हुने अस्पताल, जनशक्ति, उपकरण हुनुपर्नेमा उनले जोड दिँदै एसोसियसनले एड्भान्स सेन्टर राख्न सल्लाह दिए ।

सम्मेलनको पहिलो दिनको वैज्ञानिक सत्रमा २८ जना अन्तर्राष्ट्रिय र ३२ जना राष्ट्रिय विज्ञहरूले प्रस्तुति दिएको नेपाल पक्षघात संघका संस्थापक अध्यक्ष एवम् वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाले बताए ।

उनका अनुसार सम्मेलनमा क्लिनिकल प्रगति, अनुसन्धान अद्यावधिक तथा नीतिगत दिशा–निर्देशन लगायतका कुराहरू समेटिएको छ। त्यस्तै, दोस्रो दिन भने सीपमा आधारित तालिम तथा कार्यशालाहरू हुने जनाइएको छ ।

यसमा एनआइएच स्ट्रोक स्केल (एनआइएचएसएस) स्ट्रोक अनुसन्धान विधि, थ्रोम्बोलाइसिस, मेकानिकल थ्रोम्बेक्टोमी, बोटोक्स थेरापीका साथै मौखिक र पोस्टरको प्रस्तुतीकरण हुने प्रस्तुति समेत हुनेछन् ।

नेपालको स्ट्रोकको वास्तविक अवस्थालाई प्रस्तुत गर्न र यससम्बन्धी चासोलाई उजागर गर्नु सम्मेलनको मुख्य उद्देश्य रहेको डा।थापाले जानकारी गराएका छन् ।