२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ बाट सम्मानित

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गतको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ।

सन् १९९२ मा युरो मनी म्यागजिनद्वारा स्थापित यो अवार्ड बैंकिङ क्षेत्रमा प्रदान गरिने प्रतिष्ठित मानिएको अवार्ड हो। ग्लोबल आइएमई बैंकलाई यो अवार्ड ग्राहक सेवा, वित्तीय अवस्था, संस्थागत सामाजिक उत्तरदायित्व, नयाँ प्रविधिको प्रयोग, वातावरणीय-सामाजिक क्षेत्रमा गरिएको लगानी तथा उच्चस्तरीय कार्यसम्पादनका आधारमा प्रदान गरिएको हो।

युरो मनी म्यागजिन बैंक तथा वित्तीय क्षेत्रको गहिरो विश्लेषण र समालोचनाका लागि चर्चित छ। यस समूहमा बैंकिङ क्षेत्रमा ख्यातिप्राप्त तथा अनुभवी व्यक्तिहरू संलग्न छन्।

यस वर्षको अवार्डसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक ‘बेस्ट बैंक’ को सम्मान प्राप्त गर्न सफल भएको हो। यसअघि बैंकले २०२२ र २०२४ मा पनि युरो मनी अवार्ड फर एक्सलेन्सअन्तर्गत बेस्ट बैंक अवार्ड जितेको थियो। साथै, ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंकको मान्यता पनि पाइसकेको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सबै ७७ जिल्लामा शाखा सञ्जाल फैलाउने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। हाल बैंकसँग ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान भइरहेको छ।

बैंकले भुक्तानी प्रणालीसँगै रेमिट्यान्स सेवा पनि सञ्चालन गर्दै आएको छ। अमेरिकासहित संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत मुलुकहरूबाट रेमिट्यान्स भित्र्याउँदै नेपाली नागरिकलाई सेवा दिँदै आएको छ।