२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्छ’-मन्त्री पाण्डे

अ+ अ-

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई रातो कार्पेट बिछ्याएर लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनबारे आज सिद्धार्थ उद्योग वाणिज्य संघ, भैरहवाले आयोजना गरेको छलफलमा मन्त्री पाण्डेले निजी क्षेत्रलाई निषेध गर्न नमिल्ने उल्लेख गरे।

उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जसरी सञ्चालन गर्न लागि आफू लागेको पनि उल्लेख गरे। “विमानस्थल सञ्चालनको जिम्मा पनि निजी क्षेत्रलाई दिने विषयमा छलफल भएको छ”, उनले भने, “सुरक्षा, अध्यागमनलगायत विषय सरकार मातहत आउने भएकाले निजी क्षेत्रलाई आकर्षित गर्न सकिन्छ ।”

मन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन पर्यटनमन्त्रीको मात्रै चाहनाले सम्भव नहुने उल्लेख गर्दै सबै पक्षको सहयोग आवश्यक भएको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको निकट भविष्यमै हुने भारत भ्रमणको क्रममा हवाई रुट परमिट, नेपालका दुई विमानस्थल सञ्चालनको विषय प्राथमिकताका साथ उठाउने गरी काम भइरहेको बताए।

त्यस अवसरमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले विमानस्थल सञ्चालन हुन नसक्नु दुःखद भएको बताए । काठमाडौँमा उडान चापले हवाई मार्ग अवरुद्ध भइरहँदा विमानलाई भैरहवामा अवतरण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेशकुमार अग्रवाल र सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमानमा अध्यक्ष ठाकुरकुमार श्रेष्ठले भैरहवा र पोखरास्थित विमानस्थल निजी क्षेत्रलाई सञ्चालन गर्न दिनुपर्ने धारणा राखे । 

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्रप्रसाद आचार्यले विमानस्थल चल्छ की चल्दैन? भन्ने कुरा सरकारले प्रष्ट पार्न आवश्यक रहेको बताए । “हामीलाई सधैँ निराशामा राख्न हुँदैन, विमानस्थल चलाउन सकिँदैन भने सक्दैनौँ भन्नुपर्छ”, उनले भने।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले यात्रुलाई थप सुविधा नदिँदासम्म विमानस्थल सञ्चालनमा कठिनाइ हुने बताए । “श्रम, भिसा र म्यानपावरका लागि काठमाडौँ धाउन परेपछि यहाँ यात्रु किन आउँछन् ? पहिला यी समस्या समाधान गर्नुपर्छ”, उनले भने।

उनले यसअघि केही समय उडान भरेका जजिरा र थाई एयर एसियाले ७७ प्रतिशत यात्रु पाउँदा नियमितता दिन नसकेको जनाए । तत्कालका लागि नेपाल एयरलाइन्सबाट भए नियमित उडान गर्नुपर्नेमा उनको जोड छ ।