२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

अ+ अ-

खाँदबारी (सङ्खुवासभा) । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो ।

पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छन् ।

त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको सम्झँदै भन्छन्, “अहिले बिहान–बेलुकी घरमै पानी पाइन्छ, यस परियोजनाले गाउँको जीवनशैलीमै परिवर्तन ल्याएको छ ।” धुपुका तीन मुहानमा ट्यांकी निर्माण गरी पाइपमार्फत पानी आपूर्ति गरिएको छ । प्रयोगकर्ताले मासिक ५० रुपैयाँ तीर्ने व्यवस्था गरिएको छ । यसबाट सञ्चालन र मर्मत खर्च व्यवस्थापन हुने जनाइएको छ ।

परियोजनाअन्तर्गत ६ विद्यालयसमेतमा ट्यांकीसहित धारा जडान गरेको छ । यसले विद्यार्थीलाई सरसफाइको अभ्यासमा पनि टेवा पुगेको छ ।

स्थानीयवासी सुनिता राईका अनुसार परियोजनापछि महिलाको श्रमभार घट्नुका साथै बालबालिकाको विद्यालय उपस्थिति पनि नियमित भएको छ । पहिले पानीको कारण विद्यालय छुटाउने विद्यार्थी अहिले समयमा पुग्ने गरेको उनले बताए। परियोजना दिगो बनाउने उद्देश्यले स्थानीय युवालाई पम्प जडान र पाइप मर्मतलगायत प्राविधिक तालिम दिइएको छ। यो परियोजनाको अनुमानित लागत तीन करोड ८२ लाख ३५ हजार रुपैयाँ रहेको छ । अन्य वडासमेतमा परियोजना विस्तार गर्ने तयारी भइरहेको जनाइएको छ ।