२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

अ+ अ-

काठमाडौँ । पर्साको सखुवाप्रसौनी गाउँपालिका-३ कटैयामा किसानलाई वितरण नगरी घरमा लुकाइराखेको १९१ रासायनिक मल बरामद गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा कृषि सामग्री कम्पनी, साल्टटेडिङ कर्पोरेसन र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले बुधबार राति सखुवाप्रसौनी गाउँपालिका-३ कटैयामा सरकारी अनुदानको रासायनिक मल जम्माखोरी गरी राखेको र बजार मूल्यभन्दा धेरैमा बिक्री गरेको गुनासोका आधारमा अनुगमन गर्दा दुई स्थानबाट १९१ बोरा मल बरामद भएको हो । 

साल्ट ट्रेडीङ कर्पोरेसन प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी सञ्जयकुमार गुप्ताले अनुगमनका क्रममा सरकारी अनुदानको मल गलत ढंगले बिक्री वितरण गर्दै आइरहेको अनुगमनका क्रममा सो मल बरामद भएको जानकारी दिए ।

“मल बिक्री गर्ने अनुमति नभएकाले मलको मूल्यभन्दा अत्यधिक धेरै मूल्य राखेर बिक्री वितरण गर्दै आइरहेको भेटियो”, उनले भने, “मल बरामद भए पनि सो मल कारोबारमा संलग्न हुने व्यक्ति भने फरार छन् ।” सो अनुगमन समितिले सखुवाप्रसौनी गाउँपालिका-३ कटैयाका ढाँडी अन्सारी भनिने युनिस अन्सारीको घरबाट सञ्चित अवस्थामा राखेको डिएपी २७ बोरा र पोटास २३ बोरा मल बरामद गरेको छ । 

टोलीले सोही ठाउँका शाह महमद मलखाद भण्डारका सञ्चालक शाह महमद अन्सारीले आफ्नो घरमा लुकाइराखेको १४१ बोरा रासायनिक मल बरामद गरेको छ । जसमा डिएपी मल नौ बोरा, पोटास मल १८ बोरा र सिङ्गल सुपर फस्फेट मल ११४ बोरा बरामद गरेको जनाएको छ ।