काठमाडौँ । चितवनको खैरहनी नगरपालिकामा रहेको नापी कार्यालय खैरहनीका प्रमुख शालिग्राम लम्साललाई सेवाग्राहीका रूपमा आएका दुई युवाले मोसो छ्यापेका छन् ।
आज दिउँसो सेवाग्राहीका रूपमा कार्यालय प्रमुख लम्सालको छेउमा नै पुगेर उनीहरूले मोसो छ्यापेर भागेको प्रहरीले जनाएको छ ।
चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार युवाहरूको खोजी कार्य थालिएको छ।
किन उनीहरूले कार्यालय प्रमुख लम्सालमाथि कालो मोसो छ्यापे भन्ने एकीन जानकारी नआए पनि सेवाग्राहीलाई दुख दिएको सुन्नमा आएको उनले बताए ।
घटनाको बारेमा थप बुझ्ने क्रममा रहेको उनको भनाइ छ ।







