२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता

अ+ अ-

दमौली (तनहुँ) । जिल्लामा एक वर्षमा पाँच सय ९६ उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा उद्योगतर्फ तीन सय आठ र वाणिज्यतर्फ दुई सय ८८ दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय दमौलीले जनाएको छ । 

उद्योग तथा वाणिज्य दर्ता गत आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा कम भएको कार्यालय प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए । आव २०८०/८१ मा उद्योगतर्फ तीन सय ९८ र वाणिज्यतर्फ तीन सय ७३ गरी सात सय ७१ उद्योग दर्ता भएका थिए । आव २०८१/८२ मा एक हजार नौ सय छ उद्योग नवीकरण भएका छन् भने वाणिज्यतर्फ एक हजार सात सय ३५ उद्योग नवीकरण भएको सुवेदीले बताए । 

उनका अनुसार उद्योगतर्फ साउनमा ३३, भदौमा ३९, असोजमा ३२, कात्तिकमा २५, मङ्सिरमा ३१, पुसमा २४, माघमा १५, फागुनमा २४, चैतमा २०, वैशाखमा २९, जेठमा २५ र असारमा ११ उद्योग दर्ता भएका छन् । वाणिज्यतर्फ साउनमा ५३, भदौमा २१, असोजमा २४, कात्तिकमा २०, मङ्सिरमा २३, पुसमा २५, माघमा १९, फागुनमा २३, चैतमा २२, वैशाखमा २१, जेठमा २२ र असारमा १५ दर्ता भएका छन् । 

कार्यालयले एक वर्षमा रु ८४ लाख ८१ हजार ४२५ राजस्व संकलन गरेको छ । उद्योग दर्ता, नवीकरण, संशोधनलगायतबाट कार्यालयमा राजस्व संकलन हुने गरेको सुवेदीको भनाइ छ । साउनमा रु १३ लाख ७४ हजार ४५०, भदौमा रु आठ लाख ६८ हजार ५००, असोजमा रु नौ लाख पाँच हजार १००, कात्तिकमा रु चार लाख ३५ हजार ९००, मङ्सिरमा रु छ लाख ४५ हजार ४००, पुसमा रु सात लाख २४ हजार ४७५, माघमा रु चार लाख ८७ हजार ४५०, फागुनमा रु छ लाख ५६ हजार ६५०, चैतमा पाँच लाख २२ हजार २५०, वैशाखमा रु चार लाख ४२ हजार ५०, जेठमा रु चार लाख ९० हजार ९०० र असारमा रु नौ लाख २८ हजार ३०० राजस्व संकलन भएको छ ।