२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस भ्रातृ संस्थाको महाधिवेशन गर्न बनाइएको निर्देशिका पारित

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बसेको सभापति शेरबहादुर देउवासहितको बैठकले अधिवेशन गर्नेबारे बनाइएको निर्देशिका पारित गरेको छ ।

देउवासहित उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत शीर्ष तहको बैठकले निर्देशिका पारित गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

काँग्रेसका ७ भ्रातृ संस्थाहरूलाई पटक पटक महाधिवेशन गर्न म्याद थप गर्दा पनि नसकेपछि पार्टीले निर्देशन समिति बनाएको थियो ।

बैठकपछि उनले भने, ‘निर्देशन समिति र पार्टीका पदाधिकारीहरूको संयुक्त बैठक अधिवेशन सम्पन्न गर्नको लागि निर्देशन समितिले गर्नुपर्ने काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा एउटा निर्देशिका तयार भएको छ ।’

बैठकमा आएका सुझावलाई समेटेर निर्देशिका पारित गरेको हो । महाधिवेशन गर्न नसक्ने तरुण दल सहमहामन्त्रीमा डीना उपाध्याय, नेविसंघ सहमहामन्त्रीमा किशोरसिंह राठोर, महिला संघमा डा। प्रकाशशरण महत, दलित संघ सहमहामन्त्री जीवन परियार निर्देशन समितिको संयोजक छन् ।

यस्तै, लोकतान्त्रिक खेलकुद संघमा मोहन बस्नेत, किसान महासंघमा रमेश रिजाल र थारू संघमा उदयशम्शेर राणा संयोजक छन् ।