२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वप्रधानमन्त्री खनाल र नारायणकाजी श्रेष्ठबीच छलफल

अ+ अ-

काठमाडौँ । नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले करिब डेढ घण्टा छलफल गरेका छन् ।

राजनीतिक भेटघाटको दौडधुप बढाएका नेता श्रेष्ठ खनाल भेट्न डल्लुस्थित निवासमा पुगेका थिए । श्रेष्ठले यसअघि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र शुक्रबार मात्र नेकपा एसका महासचिव घनश्याम भुसालसँग भेटेका थिए ।

छलफलमा समग्र विश्व परिस्थिति, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन, विश्व समाजवादी आन्दोलनलगायतको विषयमा छलफल भएको बताइएको छ । राष्ट्रिय परिस्थिति, नेपालका कम्युनिस्ट एवं वामपन्थी, देशभक्त शक्तिहरू र वामपन्थी पार्टीहरूको बीच सहकार्य एवं एकताको बारेमा छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ ।

श्रेष्ठले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले हालै गरेको पार्टी एकतासम्बन्धी प्रस्तावको बारेमा पनि जानकारीसँगै अपिल गरेका छन् । यस सन्दर्भमा खनालले कम्युनिस्ट एवं वामपन्थी पार्टीको एकता र सहकार्यको पक्षमा आफू पनि भएको बताएका छन् ।

तर, दुई पार्टी बीचमात्र केन्द्रित भएर एकताको बारेमा कुनै कुराकानी नभएको खनालको सचिवालयले जनाएको छ ।

अहिलेको मुख्य आवश्यकता राजनीतिक परिवर्तनको रक्षासहित समृद्ध नेपाल निर्माणको प्रक्रियाबाट अघि बढ्दै वैज्ञानिक समाजवादको निर्माणको दिशा पक्रनु रहेको र त्यसको लागि कम्युनिस्ट, वामपन्थी र देशभक्त शक्तिबीचको सहकार्य र एकता आवश्यक रहेकोमा दुई नेता निचोडमा पुगेका छन् ।