२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा इलाका प्रशासन कार्यालयको आवश्यकता

अ+ अ-

दमौली (तनहुँ) । जिल्ला प्रशासन कार्यालयले एक वर्षमा करिब डेढ लाख सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा एक लाख ४७ हजार ८३१ जनालाई विविध सेवा प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार ९५ हजार ३४१ राष्ट्रिय परिचयपत्र, २५ हजार ९१८ राहदानी, १७ हजार ९०७ नागरिकता, पाँच हजार ४८४ सिफारिस, एक हजार ४६७  गुनासो, सात सय ९४ संस्था दर्ता/नवीकरण, छ सय छ नाबालक परिचयपत्र, एक सय ८२ जनालाई हातहतियार नवीकरण र नामसारीसम्बन्धी सेवा प्रदान गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चापका कारण इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएको अधिकारीको भनाइ छ । जिल्लामा सोही आर्थिक वर्षमा ३५ जनाले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमध्ये सात महिला र २८ पुरुष रहेको प्रजिअ अधिकारीले बताए । उनका अनुसार सोही अवधिमा तीन महिलाको नागरिकता रद्द गरिएको छ । 

कार्यालयले सो आवमा १७ हजार ८६९ नागरिकता प्रमाणपत्र वितरण गरेको छ । ती मध्ये आठ हजार ७१८ नयाँ नागरिकता र नौ हजार १५१ प्रतिलिपि रहेको प्रजिअ अधिकारीले बताए । उनका अनुसार नयाँ नागरिकतातर्फ वंशज (बाबुका आधारमा) आठ हजार ६७६, वंशज (आमाका आधारमा) तीन, गैरआवासीय २९ र वैवाहिक अङ्गीकृत १० नागरिकता वितरण गरिएको छ ।

नागरिकता प्राप्त गर्नेमा चार हजार ४५९ महिला र चार हजार २५९ पुरुष छन् । प्रतिलिपितर्फ वंशजका आधारमा चार हजार ४७७ महिला, चार हजार ६६४ पुरुष, वैवाहिक अङ्गीकृत आठ र जन्मसिद्ध दुई नागरिकता वितरण गरिएको छ । 

मासिक रूपमा साउनमा एक हजार ८६९, भदौमा एक हजार १८६, असोजमा सात सय ९१, कात्तिकमा एक हजार ८०२, मङ्सिरमा एक हजार ४३५, पुसमा एक हजार २४४, माघमा एक हजार ६०१, फागुनमा एक हजार १९७, चैतमा एक हजार ४२४, वैशाखमा एक हजार ३६५, जेठमा दुई हजार १९१ र असारमा एक हजार ७६४ नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । 

कार्यालयले एक वर्षमा छ सय नाबालक परिचयपत्र वितरण गरेको छ भने छवटा प्रतिलिपि वितरण गरेको छ । यस्तै पाँच हजार एक महिला, आठ हजार ४५० पुरुष र दुई सय ६४ नाबालक गरी १३ हजार ७१५ राहदानी विवरण संकलन गरिएकामा चार हजार ४५८ महिला र सात हजार ७४५ पुरुष गरी १२ हजार २०३ राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । 

सो अवधिमा १२ हजार ९९६ महिला र १७ हजार ६६४ पुरुष गरी ३० हजार ६६० जनाको राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिएको छ । कार्यालयमा आएका ६४ हजार ६८१ थान परिचयपत्र सम्बन्धित पालिकामा पठाएर वितरण भइरहेको प्रजिअ अधिकारीको भनाइ छ ।