२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन उपसचिवसहित १८ कर्मचारीहरूको सरुवा, को कहाँ ?  

अ+ अ-

काठमाडौँ । तीन उपसचिवसहित १८ कर्मचारीहरूको सरुवा भएको छ । महालेखा नियन्त्रक कार्यालयले लेखाका तीन उपसचिवसहित १८ कर्मचारीहरूलाई सरुवा तथा कामकाजमा खटाएको हो ।  कार्यालयले आवश्यकता अनुसार विभिन्न समयमा पटक पटक निर्णय गरी लेखाका १८ कर्मचारीहरूको सरुवा गरेको जनाएको छ ।

उपसचिव मधुसुदन पौडेललाई महालेखा नियन्त्रक कार्यालय (पुल) बाट परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । परराष्ट्र मन्त्रालयमा कार्यरत उपसचिव यदुनाथ भट्टराईलाई महालेखा नियन्त्रक कार्यालयमा ल्याइएको छ भने सडक विभागमा कार्यरत अर्का उपसचिव रबिन कोइरालालाई पनि महालेखा नियन्त्रक कार्यालयमा ल्याइएको छ । 

यस्तै महालेखा नियन्त्रक कार्यालयमा कार्यरत उपमहालेखा नियन्त्रक राम चन्द्र शर्मालाई सडक विभागमा पठाइएको छ । लेखा अधिकृत शंकर न्यौपानेलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना रुपन्देहीका लेखा अधिकृत दिलीप कुमार मिश्रलाई प्रदेश प्रमुखको कार्यालय लुम्बिनीमा पठाइएको छ । खानेपानी तथा ढल व्यवस्थापन आयोजना मकवानपुरका लेखा अधिकृत कपिल प्रसाद अर्याललाई किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र मकवानपुरमा कामकाजमा खटाइएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन आयोजना कैलालीमा कार्यरत लेखा अधिकृत दिन राज जोशीलाई गेटा अस्पताल धनगढीमा पठाइएको छ । शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना, क्षेत्रीय आयोजना व्यवस्थापन कार्यालय बाँकेमा भने लेखा अधिकृत वसन्त राज श्रेष्ठलाई पठाइएको छ । उनी यसअघि खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतमा कार्यरत थिए । 

कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरमा कार्यरत लेखा अधिकृत विकास भट्टराईलाई काठमाडौँ उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय ललितपुरमा ल्याइएको छ  । यस्तै कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङमा कार्यरत लेखा अधिकृत कृष्ण प्रसाद शर्मालाई खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र भक्तपुरमा सरुवा गरिएको छ । महालेखा नियन्त्रक कार्यालयमा कार्यरत लेखा अधिकृत डिल्ली अधिकारीलाई राहदानी विभाग काठमाडौँमा पठाइएको छ । 

यसैगरी आ.ले. प अधिकृत प्रमोद मैनालीलाई कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धाराबाट किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र मकवानपुरमा सरुवा गरिएको छ । कोष तथा लेखा नियन्त्रक त्रिपुरेश्वरका कोष नियन्त्रक युवराज भट्टराईलाई सडक डिभिजन कार्यालय मोरङमा पठाइएको छ । लेखा अधिकृत जेनी भट्टलाई मालपोत कार्यालय धादिङबाट कान्ति बाल अस्पताल काठमाडौँमा काजमा खटाइएको छ । 

कोष तथा लेखा नियन्त्रक कार्यालय, नुवाकोटमा कार्यरत लेखा अधिकृत ललिता कँडेललाई खानी तथा भूगर्भ विभाग काठमाडौँमा ल्याइएको छ । यस्तै अर्की लेखा अधिकृत रेनु गोदारलाई कोष तथा लेखा नियन्त्रक कार्यालय, रसुवाबाट महालेखा नियन्त्रक कार्यालय काठमाडौँमा पठाइएको छ । खानी तथा भूगर्भ विभाग काठमाडौँमा कार्यरत लेखा अधिकृत प्रभा श्रेष्ठलाई कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारामा काजमा खटाइएको छ ।