२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस बागमती संसदीय दलको प्रमुख सचेतकमा बादे, सदस्य सचिवमा महर्जन नियुक्त

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् । संसदीय दलको सदस्य सचिवमा मिनकृष्ण महर्जन पनि नियुक्त भएका छन् ।

काँग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज शुक्रबार काभ्रेका प्रदेशसभा सदस्य बादेलाई प्रमुख सचेतक र ललितपुरका प्रदेशसभा सदस्य तथा पूर्व खेलकुद मन्त्री महर्जनलाई सदस्य सचिव नियुक्त गरेका हुन ।

संसदीय दलमा यसअघि प्रमुख सचेतकमा धादिङका गोविन्द लम्साल र सचिवमा सिन्धुपाल्चोक कृष्ण तामाङ थिए । तामाङ मुख्यमन्त्री बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा खानेपानी, ऊर्जा तथा सिचाइ मन्त्री भएका छन्।

यसअघिका प्रमुख सचेतक लम्साललाई भने निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले गत १४ साउनमा आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गरेका थिए । तर, लम्सालले शपथ लिएन पाएनन् भने बहादुरले १४ साउनमा दलको नेता नयनका लागि भएको निर्वाचनमा बानियाँसँग पराजित भएपछि १८ साउन साँझ पदबाट राजीनामा दिएका थिए ।

काँग्रेस बागमतीको विधानमा दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । ९ साउनमा दलको नेता बहादुरविरूद्द अविश्वासको प्रस्ताव दर्ता भएको थियो। १३ साउनमा प्रस्तावमाथि मत विभाजन हुँदा बहुमत दलका सदस्यले प्रस्तावको पक्षमा मत दिएपछि बहादुरले दलको नेताको हैसियत गुमाएका थिए ।