२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राजनीति घाटा नाफाको व्यापार होइन’ : मुख्यमन्त्री बानियाँ

अ+ अ-

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

बुधबार बिहान नेपाली काँग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उनले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

“राजनीति सेवा र धर्म हो,राजनीति व्यापार हैन, व्यापारमा नाफा नोक्सान हुन्छ, तर, राजनीतिमा न्याय हुन्छ, हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनका लागि राजनीति गरेको हो,” मुख्यमन्त्री बानियाँले भने ।

नेपाली काँग्रेस बागमती प्रदेशले प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँसहित पार्टीबाट मन्त्री बनेकाहरूलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानियाँसहित खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ र बिना विभागीय मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।

हेटौँडाको सानो पोखरामा रहेको नेपाली काँग्रेस बागमती प्रदेश पार्टी कार्यालयमा पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँलगायत मन्त्रीहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

यस्तै बागमती प्रदेश सरकारले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो । बागमती प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएका इन्द्रबहादुर बानियाँ नेतृत्व सरकारको मङ्गलबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नपाएका विपन्न र सीमान्तकृत परिवारका जेहेनदार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।

जेहेनदार र विपन्नमध्ये छनोट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरिनरी डाक्टर २ जना साथै १० जनालाई नर्सलाई पूर्ण छात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङले जानकारी दिए।

मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र रहेका अति गरिब र सीमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल हायु वनकरियालगायतलाई जीवनयापनको सहयोगका लागि गाँसबास र कपासको प्रबन्ध गर्न उच्च प्राथमिकताका साथ नीति बनाई यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको उनले बताए ।

त्यस्तै प्रदेशका मुख्यमन्त्री बानियाँले आफूले मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् ।

उनले आफूले प्राप्त गर्ने तलब भत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर २ (ख) का अति विपन्न परिवार छनोट गरी घर निर्माण गरिदिने भएका हुन् ।