काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १० जना इञ्जिनियरको सरुवा गरेको छ।
नेपाल इञ्जिनियरिङ सेवा, सिभिल इञ्जिनियरिङ समूह, जनरल उपसमूहअन्तर्गतका राजपत्रांकित तृतीय श्रेणीका इञ्जिनियरहरूको सरुवा सोमबार गरिएको हो।
लोक सेवा आयोगको सिफारिसअनुसार अतिरिक्त समूहमा पदस्थापन भएका उनीहरूलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापादेखि अछामसम्म विभिन्न जिल्लामा खटाएको हो ।







