काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताबद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिबद्धता गरेको बताएका छन् ।
स्थायी समितिको बैठक सकेर पेरिस डाँडाबाट निस्किँदै गर्दा उनले माओवादीलाई एकताबद्ध गर्ने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरेको बताए ।
दाहालले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकताबद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्यौँ । सामूहिक प्रतिबद्धता गरेका छौँ । सबैखाले गुटबन्दी समूहबद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौँ ।’
फेरि एक चोटि जनतामा गएर देशमा देखा परेका विसंगतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरिएको उनले बताए ।
छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले भने वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेन्डामा उच्चस्तरमा गम्भीर छलफल भएर निष्कर्ष निकालिएको बताए । अरु कुरा प्रवक्ताबाटै सुन्न भन्दै उनी हिँडेका थिए ।







