पर्सा । पर्सामा कटुवा पेस्तोलसहित १ जना पक्राउ परेका छन् ।
वीरगन्ज महानगरपालिका-१६ इनर्वा गाउँबाट कटुवा पेस्तोल १ थानसहित सोही ठाउँ बस्ने ४० वर्षीय साहेब खाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी ईनर्वा गाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोलसहित आइतबार साँझ पक्राउ गरेको हो । हाल उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







