काठमाडौँ । नुवाकोटको तारकेश्वर गाउँपालिका-६ का वडाध्यक्ष नारायणप्रसाद रिमालको निधन भएको छ।
४५ वर्षीय रिमाल काठमाडौँस्थित वीर अस्पतालमा उपचारको क्रममा सोमबार बिहान निधन भएको हो । वडाध्यक्ष रिमालको निधनप्रति गाउँपालिकाले दुख व्यक्त गरेको छ।
शोक वक्तव्य जारी गर्दै पालिकाको विकास, समन्वय र सेवा प्रवाहमा रिमालले पुर्याएको योगदानलाई सदैव सम्झिरहने सूचनामा उल्लेख गरेका छन्।
वक्तव्यमा रिमालप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ। गाउँपालिकाले सोमबारको दिनलाई ‘शोक दिवस’ को रूपमा घोषणा गरिएको छ।
आज तारकेश्वर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।
साथै आज सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने निर्णय गरिएको अध्यक्ष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।








