२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी संगठनद्वारा निजामती ऐन संशोधनका लागि सुझाव कार्यदल गठन

अ+ अ-

काठमाडौँ । नेपाल निजामती कर्मचारी संगठनले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधन सम्बन्धी सुझाव कार्यदल गठन गर्ने भएको छ ।

कपिलवस्तुमा सम्पन्न संगठनको लुम्बिनी प्रदेश समितिको तेस्रो बैठकले लुम्बिनी प्रदेश निजामती सेवा ऐन, नियमावली तथा स्थानीय सेवा ऐन र नियमावली संशोधनसम्बन्धी सुझाव कार्यदल गठन गर्ने, लुम्बिनी प्रदेश संगठन डायरी प्रकाशन गर्ने, जयराम खड्का स्मृति कोष स्थापना गर्ने लगायतका निर्णयहरू गरेको हो ।

संगठनका अध्यक्ष नेत्र आचार्यको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष भवानी न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा बोल्ने वक्ताहरूले लुम्बिनी प्रदेशको निजामती सेवा ऐन, नियमावली र स्थानीय सेवा ऐन, नियमावलीमा देखिएका समस्या समाधान गर्नका लागि प्रदेश सरकारसँग आग्रह गर्नुपर्ने, संघीय निजामती सेवा ऐन सेवाग्राहीमैत्री र कर्मचारीमैत्री हुने गरी जारी गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएका थिए ।

हालसम्म ऐन, नियमावली निर्माण र त्यसको कार्यान्वयनमा देखाएको भूमिकाप्रति प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ । बैठकलाई संगठनका केन्द्रीय उपाध्यक्ष रेवन्त गौतम, कृष्णबहादुर केसी, लुम्बिनी प्रदेश इन्चार्ज कवि सिंह कठायत, उपमहासचिव बामदेव ओली, पेशागत इन्चार्ज कल्पना थापा, सह-इन्चार्ज नारायण भण्डारीलगायतले सम्बोधन गरेका थिए ।

बैठकले संगठनका प्रदेश सचिव जयराम खड्काको निधन भएको स्मृतिमा स्थापना गर्ने निर्णय गरिएको छ । बैठकमा २५ हजार रुपैयाँको चेक उनकी श्रीमती हिरा खड्कालाई हस्तान्तरण गरिएको थियो । बैठकको सहजीकरण महासचिव भिमलाल खनालले गरेका थिए ।

यसैगरी शहीद मनोज झपेन्द्र-सुरेन्द्र स्मृति दिवसको सन्दर्भमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश कार्यसमितिले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका-४ ठाकुरपुरामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा बाणगंगा, कपिलवस्तुको प्राविधिक सहयोग रहेको थियो । संगठनका कपिलवस्तु अध्यक्ष कैशौराज मरासिनीका अनुसार संगठनमा आबद्ध १५ जना व्यक्तिले रक्तदान गरेका थिए ।