२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थाइल्याण्डमा आँधीका कारण छ जनाको मृत्यु

अ+ अ-

एएफपी । गत महिनादेखि उष्णकटिबन्धीय आँधी विफाले निम्त्याएको बाढी र पहिरोका कारण थाइल्याण्डमा छ जनाको मृत्यु भएको छ भने  दुई लाख ३० हजार भन्दा बढी मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।

थाइल्याण्डको विपद् रोकथाम तथा न्यूनीकरण विभागका अनुसार जुलाई २१ देखि भएको भारी वर्षाका कारण १२ वटा प्रान्तमा बाढी आएको छ, जसमध्ये अधिकांश उत्तरी र मध्य क्षेत्रहरूमा परेको छ ।

आँधीको प्रभावलाई नजिकबाट निगरानी गरिरहेको तथा  प्रभावितहरूलाई  आवश्यक  सहयोग गर्न प्रान्तहरूसँग समन्वय गरिरहेको एजेन्सीले  सामाजिक सञ्जाल फेसबुक मार्फत जनाएको छ ।  

सामाजिक सञ्जालमा राखिएका तस्बिरहरूमा बाढीले बासिन्दाहरू डुबानमा परेको र सडकहरूमा प्लास्टिकका डुंगाहरू प्रयोग गरेको देखाइएको छ ।

यद्यपि थाईल्यान्डको मौसम विभागले आगामी दिनमा वर्षा कम हुने अनुमान गरेको छ । वैज्ञानिकहरूले मानव निर्मित जलवायु परिवर्तनले अधिक मौसमी परिवर्तन  निम्त्याइरहेकाले विनाशकारी बाढीको सम्भावना बढेको जनाएका छन् ।

 यस अघि सन् २०११ मा थाइल्यान्डमा बाढीले ५०० भन्दा बढी मानिसहरूको ज्यान लिएको थियो भने लाखौँ घरहरू क्षतिग्रस्त भएका थिए ।