२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘अधिकार कसैको निगाह र बक्सिसले प्राप्त गर्ने विषय हैन’-धनराज गुरुङ 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले अधिकार कसैको निगाह र बक्सिसले प्राप्त हुने विषय नभएको बताएका छन् ।

नेपाली काँग्रेस थारु विभागको आयोजनामा पार्टीको केन्द्रीय कार्यालयमा आयोजित ‘वर्तमान अवस्थामा थारुहरूको सामाजिक, आर्थिक, राजनीतिक अवस्था, अवसर र चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले १२५ जातजाति र १२३ भाषाभाषी भएको देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र स्थापना गर्न सबैको योगदान रहेकाले थारु समुदायले प्राप्त गरेको अवसर त्यही योगदानअन्तर्गत रहेको बताए ।

त्यसैगरी पार्टीका सहमहामन्त्री भीष्मराज आङदम्बेले नेपाली काँग्रेसले थारु समुदायको पहिचानलाई स्थापित गर्न संवैधानिक व्यवस्थाका साथसाथै उनीहरूको अस्तित्व र स्वाभिमानलाई राजनीतिक, सामाजिक र सांस्कृतिक मौलिकतालाई जोगाएर राखेको बताए ।

पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठले थारु समुदायको हकहित र आर्थिक रूपमा चलायमान बनाउन थारु समुदायलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले थारुहरूको जनसङ्ख्याअनुसार राजनीतिक प्रतिनिधित्वमा जोड दिनुपर्ने उल्लेख गरे । उनले क्रियाशील सदस्यतामा भन्दा राजनीतिक नेतृत्वमा स्थापित गराउन ध्यान दिनुपर्ने धारणा राखे ।

थारु संघको महाधिवेशन निर्देशक समितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य उदयशम्शेर राणाले नेपाली काँग्रेसले जति थारु समुदायलाई राजनीतिक प्रतिनिधित्व, सम्मान, पहुँच र अवसर अरु पार्टीले दिन नसकेको धारणा राखे । 

थारु विभागका संयोजक योगेन्द्र थारूले अस्तित्व र पहिचानका लागि लडेको समुदायले निरन्तर प्रयासबाट अधिकार प्राप्त गर्न सक्ने भएकाले निरन्तर क्रियाशील हुन आग्रह गरे ।