२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्व चुहावट कसुर सम्बन्धी मुद्दाको सुरुवाती कारबाही किनार अब जिल्ला अदालतबाटै हुने

अ+ अ-

काठमाडौँ । राजस्व चुहावट कसुर सम्बन्धी मुद्दाको सुरुवाती कारबाही किनारा अब जिल्ला अदालतबाटै हुने भएको छ । 

केही नेपाल ऐन संशोधनमार्फत सरकारले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

यस अघि राजस्व चुहावट कसुर सम्बन्धी मुद्दाको सुरु कारबाही किनारा सम्बन्धित उच्च अदालतबाट हुने कानुनी व्यवस्था रहेको थियो । तर, यो व्यवस्था लागू हुँदाका बखत सम्बन्धित उच्च अदालतमा विचाराधीन मुद्दा, प्रतिवेदन, निवेदन र त्यससँग सम्बन्धित मिसिल संशोधित व्यवस्था अनुसार सम्बन्धित जिल्ला अदालतमा सर्नेछन् ।

संशोधनमार्फत राजस्व चुहावट नियन्त्रण समिति रहने व्यवस्था पनि गरिएको छ । राजस्व चुहावट नियन्त्रण तथा रोकथाम गर्ने कार्यलाई प्रभावकारी बनाउन राष्ट्रिय स्तरमा अर्थमन्त्रीको संयोजकत्वमा राजस्व चुहावट नियन्त्रण समन्वय समिति रहने व्यवस्था गरिएको हो । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव, अर्थ मन्त्रालयको सचिव, गृह मन्त्रालयको सचिव र राजस्व अनुसन्धान विभागको महानिर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ ।

उक्त समितिले कर तथा गैर कर राजस्व चुहावटका प्रमुख क्षेत्र पहिचान गर्ने, राजस्व अनुसन्धान विभागको क्षमता विकास रणनीति तयार गर्ने, राजस्व प्रशासनको सुधार तथा प्रभावकारिताका लागि नीतिगत पृष्ठपोषण दिने र राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणलाई प्रभावकारी बनाउन राजस्व अनुसन्धान विभागलाई आवश्यक निर्देशन दिनेछ । समितिको बैठक हरेक २ महिनामा कम्तीमा एक पटक समितिको संयोजकले तोकेको मिति, स्थान र समयमा बस्ने व्यवस्था गरिएको छ ।

यस्तै राजस्व चुहावट निमन्त्रण तथा रोकथाम सम्बन्धी काम गर्नका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला राजस्व चुहावट नियन्त्रण समन्वय समिति रहने व्यवस्था गरिएको छ ।

समितिको सदस्यमा सम्बन्धित आन्तरिक राजस्व कार्यालयका प्रमुख, नेपाल प्रहरीको जिल्लास्थित कार्यालय प्रमुख, सशस्त्र प्रहरी बल नेपालको जिल्लास्थित कार्यालय प्रमुख र सम्बन्धित राजस्व अनुसन्धान कार्यालयको प्रमुख सदस्य सचिव रहने व्यवस्था गरिएको छ । भन्सार कार्यालय रहेको जिल्लाको हकमा भन्सार कार्यालयको प्रमुख समेत समितिको सदस्य रहने व्यवस्था गरिएको छ ।