२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माधव नेपालको आरोप : ‘ओलीले देशलाई पीडा दिए, अख्तियारको मुद्दा प्रतिशोध हो’

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ,’ उनले भने, ‘यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुक्त हुने स्थिति बन्दैन ।’

केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ । केपी ओलीका कारण एमालेमा पनि तमासा देखिएको उनले बताए ।

‘एमालेभित्र तमासा हेर्दै जानुस्, देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने, ‘राष्ट्रकै निम्ति ठुलो नोक्सान पुर्‍याउने स्थितिमा पुर्‍याउँछन् ।’

अर्को प्रशंगमा उनले आफूमाथि लगाइएको भ्रष्टाचार मुद्दालाई राजनीतिक प्रतिशोध मात्रै भएको बताए । आफूविरुद्धको मुद्दा कुनै भ्रष्टाचारसँग सम्बन्धित नभएको उनको दाबी थियो ।

‘मेरो केस त कुनै भ्रष्टाचारको केसै होइन, मन्त्रिपरिषद्को सर्वसम्मत निर्णयबाट भएको हो, जसमा नेपाल सरकारलाई एक पैसा पनि नोक्सान भएको छैन,’ उनले भने, ‘यो त राजनीतिक पूर्वाग्रह हो, त्यो प्रतिशोध हो भन्ने कुरा सबैले बुझेका छन्, मैले जिन्दगीमा एक पैसा पनि तलमाथि गरेको छैन।’

अध्यक्ष नेपालले नेकपा माओवादी केन्द्रसँग तत्काल पार्टी एकताका लागि कुनै छलफल नभएको बताए । माओवादी केन्द्रसँग सहकार्यको मात्रै कुरा भइरहेको बताए ।

‘अहिले एकीकरणको कुरा भएकै छैन,’ उनले भने, ‘अहिले सहकार्यको कुरा भएको छ । समाजवादी मोर्चालाई निरन्तरता दिने र दुई पार्टीबीचको सम्बन्धलाई विश्वासको जगमा बलियो बनाउने छलफल चलिरहेको छ।’