२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँकेका १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान

अ+ अ-

काठमाडौँ । बाँके जिल्लाका १५ हजार घरपरिवार यस वर्ष बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरिएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रूपन ज्ञवालीले यो वर्ष १५ हजार घरपरिवार बाढी र डुबानको जोखिममा रहेको अनुमान गरेर सो जोखिमलाई न्यूनीकरण गर्न पूर्व तयारी गरिएको छ ।

सूचना व्यवस्थापन अधिकृत ज्ञवालीका अनुसार बाढी र डुबानबाट हुने क्षति न्यूनीकरण गर्न जिल्ला विपद् व्यवस्थापन समिति र जिल्लाका आठ वटै स्थानीय तहले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर सोही बमोजिम काम गरिरहेका छन् ।

उता, जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मनसुन सुरु भइसकेको अवस्थामा बाडी र डुबानबाट स्थानीयलाई जोगाउन पूर्वतयारी तथा जोखिम न्यूनीकरणका सबै काम पुरा गरेर कार्यान्वयनको प्रक्रियामा रहेको बताए ।

स्थानीय तहहरूले पनि आफ्नो कार्ययोजना तयार गरी कार्यान्वयनको प्रक्रिया सुरु गरिसकेको जनाउँदै उनले स्थानीयलाई सचेत पार्ने कार्यहरू तीव्र पारिएको बताए । बाढी र डुबानको सबैभन्दा बढी जोखिममा रहेको राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकामा विशेष तयारी भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

ठुलो वर्षा भएको बेला नदी र खोला किनारमा नजान, यसअघि डुबान भएका क्षेत्रहरूबाट सुरक्षित स्थानमा सर्न र बाढी पीडितका लागि स्थानीय सरकारले तयार पारेका अग्लो सेल्टरहरूमा गएर बस्न सर्वसाधारणलाई आग्रह गरिएको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले बताए । उनले बाढी, डुबान र कटानबाट डुडुवाका केही क्षेत्रहरू धेरै वर्षदेखि अत्यधिक प्रभावित हुँदै आएकोले पालिकाले क्षति न्यूनीकरण गर्न विभिन्न तयारी गरेको बताए। सोही प्रकारले राप्तीसोनारी र नरैनापुरका अध्यक्षहरू क्रमशः तप्त पौडेल र ईश्तियाक अहमद शाहले पनि राप्ती नदीको बाढीबाट हुँदै आएको क्षति रोक्न विभिन्न तयारी गरिएको जनाएका छन्।

विपद् व्यवस्थापन समिति बाँकेका अनुसार यो वर्ष मनसुन, सित लहर, लु र अन्य विपदबाट जिल्लामा २५ हजार परिवार प्रत्यक्ष प्रभावित हुने अनुमान गरिएको छ । ती मध्ये १५ हजार परिवार बाढी र डुबानबाट प्रभावित हुने भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले हरेक बर्ष जिल्ला भरिका लागि जोखिमको पूर्वानुमान गरेर वार्षिक पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेर कार्यान्वयन गर्दै आएको छ ।