२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार वर्षदेखि रोकिएको खुट्टीखोला सिँचाइ नहर सञ्चालनमा ल्याइने

अ+ अ-

काठमाडौँ । निर्माणपछि चार वर्षदेखि रोकिएको यहाँको लहानस्थित खुट्टी सिँचाइ नहर सञ्चालनमा ल्याइने भएको छ । 

करिब रु. नौ करोड लागतमा ‘हेडवक्र्स’ निर्माण भइसकेको भए पनि बजेट अभाव, स्थानीय तहसँगको समन्वय नहुनु र विवादका कारण नहर सञ्चालन हुन सकेको थिएन । 

तर, हालै मधेश प्रदेश सरकारले विनियोजन गरेको रु. १५ लाख बजेटले नहर सफाइ र सुधार गरी सञ्चालनमा ल्याइने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सिरहाले जनाएको छ ।

खुट्टी नहरको स्थलगत अनुगमनका लागि आज मधेश प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरी, जिल्ला समन्वय समिति सभापति दिनेश महतो, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयल साथै प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीसहितको टोली पुगेको थियो । 

अनुगमन टोलीले अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकारवाला निकायबीच सहमति भएको जानकारी गराएको छ ।

सिँचाइ विकास डिभिजनका प्रमुख हस्मत अन्सारीका अनुसार विगत तीन वर्षदेखि बजेट प्राप्त नभएकाले नहर सञ्चालन हुन सकेको थिएन । उनले भने, “नहर सञ्चालनका लागि अवरोधको पहिचान गरी निराकरण गर्ने उद्देश्यले हामी आज स्थलगत अनुगमनमा आएका थियौँ । अब यो ‘फास्ट ट्र्याक’मा काम गरी सञ्चालनमा ल्याइने छ ।”

सो आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीसहित चारवटा पालिकाको ९३५ बिघा खेतमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको छ ।

 ‘हेडवक्र्स’ बनेपछि किसानमा उत्साह जागेको थियो । तर लामो समयसम्म नहर सञ्चालनमा कुनै तदारुकता नदेखिएपछि किसानले संघर्ष समिति गठन गरेका थिए । किसानको दबाबपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको हो ।