२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’-जनार्दन अन्तरसंघर्ष : वर्षमान पुन भन्छन्-‘नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार हुँदैन’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले नेतृत्वलाई जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप लगाएर कमजोर गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताएका छन्।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का उपमहासचिव जनार्दन शर्माबीचको असमझदारी सार्वजनिक रूपमै सतहमा आएको बेलामा पुनले यस्तो बताएका छन्।

माओवादी केन्द्रले तयार पारेको भिडियो अन्तर्वार्तामा उनले भनेका छन्, ‘पार्टीभित्र प्रश्न उठेको विषयमा हामी देशव्यापी रूपमा परामर्श बैठक पनि गर्‍यौँ ठुलो जनवादको अभ्यास गर्‍यौँ पार्टी केन्द्रीय कार्यालयमा पनि हामी झन्डै हप्ता दिन जति बहस गरेर जसलाई जे विषयमा बोल्न मन लागे पनि बोल्ने पार्टीको कार्यदिशा, नेतृत्वबारेमा झन्डै(झन्डै दुई घण्टा, अढाई घण्टासम्म पनि एकै जना साथीले बोल्नुभयो।’

उनले त्यसपछि स्थायी समितिको फेरि झन्डै एक हप्ता बैठक बसेको र त्यो बैठकमा पनि सबैले आआफ्नो कुरा राखेको बताए।

उनले थपे, ‘केन्द्रीय समिति ठुलो भयो, समय पाउँदैन, हप्तौँ दिन लाग्ने भएपछि प्रदेश-प्रदेशमा गएर केन्द्रीय सदस्यहरू, सल्लाहकारहरू, केन्द्रीय तहका पदाधिकारीहरू र प्रदेश पदाधिकारीहरूको बीचमा खुल्ला छलफल भयो। त्यसरी हामी छलफल गरेपछि त्यो बैठकसम्म आइपुग्दा एक खालको फेरि एकता पनि पैदा भएको थियो।

पार्टीभित्र भएको संश्लेषण, अनुभवलाई लिएर तराई मधेस जागरण अभियान र पहाडी लोकमार्ग केन्द्रित अभियान चलाएपछि पार्टीप्रति जनतामा उत्साह पैदा भएको पनि बताए।

उनले पार्टीभित्रको पछिल्लो अन्तरसंघर्षबारे उनले भनेका छन्, ‘माओवादी फेरि जनतामा आयो भन्ने खालको एउटा लहर पनि पैदा भयो। त्यसपछि फेरि केही समस्या आयो यो राम्रो विषय होइन। पर्याप्त जनवाद, पर्याप्त छलफल पनि गर्ने अनि फेरि आफ्नो कुरा फेरि बाहिर पनि राख्ने भन्दा यो यसले पार्टीभित्र अराजकता ल्याउँछ।’

पार्टीभित्र अनावश्यक गुटबन्दी, ध्रुवीकरण, पार्टी रूपान्तरण हुने दिशामा नेतृत्वलाई जस्तोसुकै राम्रो काम गर्दा पनि व्यक्तिगत आरोप र लाञ्छना लगाएर नेतृत्वलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार नहुने बताए।

उनले थपे, ‘छलफल गर्न हामीले स्थायी समिति बैठक बोलाएका छौँ। त्यहाँ हामी छलफल गर्छौँ । जिम्मेवारीपूर्वक नै छलफल गर्छौँ। हामीलाई कुनै आवेग, उत्तेजना छैन। तर आन्दोलनका विभिन्न मोडमा आउने प्रवृत्तिहरू, त्यस प्रकारका समस्याहरूसँग छलफल, बहस, रूपान्तरणकै विधिबाट जानुपर्छ।’