२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण

अ+ अ-

भोजपुर । यहाँको टेम्केडाँडामा रहेको ‘प्रसिद्ध टेम्केसिद्ध मन्दिर’ जीर्ण बनेको छ । समुद्री सतहबाट तीन हजार १०० मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो ।

मन्दिर संरक्षण नहुँदा यहाँका संरचना भत्किन थालेका छन् भने मन्दिर परिसरमा पशुचौपाया पसेर फोहर गर्ने गरेका छन् । यहाँ रहेको मन्दिरमा सल्लाको काठलाई फुटाएर छानो लगाइएको छ । जहाँबाट मन्दिरभित्र पानी चुहिने गरेको छ । टिनको छानो लगाएर मन्दिर परिसरलाई घेराबारा गर्नुपर्ने स्थानीयवासी बताउँछन् । 

प्राकृतिक सौन्दर्यता नियाल्न साथै मन्दिरमा दर्शनका लागि अहिले मानिस दैनिक जसो आउने गरेको टेम्केडाँडा क्षेत्रमा गोठपालन गर्दै आएका गणेश विष्टले बताए। मन्दिरबाट नजिकै आफ्नो गोठ रहेकाले यहाँको संरक्षणमा भ्याएसम्म ध्यान दिने गरेको विष्टको भनाइ छ । मन्दिर संरक्षण अभावमा जीर्ण बनेको उनको भनाइ छ । 

 “टेम्केसिद्ध मन्दिर संरक्षण नहुँदा जीर्ण बनेको छ”, विष्टले भने, “मन्दिर लथालिङ्ग हुँदा मन्दिरमा पशुचौपाया पस्ने गरेका छन् । खासमा मन्दिरको महत्वलाई मानिसले बुझ्न नसकेकोजस्तो लाग्छ । यति सुन्दर ठाउँमा रहेको मन्दिर संरक्षणसँगै अन्य ठाउँमा चिनाउन सके राम्रो आम्दानीको स्रोत बन्न सक्छ ।”

यो स्थानलाई जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्नसके प्राकृतिक प्रेमीहरूका लागि यो उत्तम गन्तव्य बन्ने जानकारहरू बताउँछन् । मानिसहरूको धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उक्त मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दिरमा लगाइएको घेराबारा भत्किएका छन् । आसपासमा चरन क्षेत्र भएकाले  गाई वस्तुभित्र पसेर बस्दा मन्दिर फोहर बनेको स्थानीयवासीको भनाइ छ ।

ऐतिहासिक मन्दिर रहेकाले यसको संरक्षणमा ध्यान दिनुपर्ने टेम्कमैयुङ–५ मझौलका स्थानीय शिवकुमार विष्टले बताए । यसको विकासमा ध्यान दिनसके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । यहाँबाट सूर्योदय र सूर्यस्तको प्रष्ट दृश्य पनि देख्न सकिन्छ ।

मन्दिरको नजिकै परेवा उडाउने तथा बलि पूजा गर्ने ठाउँ पनि छ । भाकल पूरा गर्नका लागि यहाँ परेवा लगेर उडाउने प्रचलन छ । यो मन्दिरको दर्शन गरेमा दु:खकष्ट हट्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । यहाँ बालाचतुर्दशी र रामनवमीमा गरी वर्षमा दुई पटक भव्य मेला लाग्ने गरेको छ । मानिसहरू आ–आफ्ना कूल, पितृको सम्झनामा सदबिज छर्नका लागि पुग्ने गरेका छन् ।

यहाँ लाग्ने मेलामा दर्शन गर्न भोजपुर, खोटाङ, धनकुटा, सङ्खुवासभाबाट पनि मानिसहरू आउने गरेका छन् । खास गरेर यहाँ लाग्ने मेलामा स्थानीय परिकारको स्वाद लिँदै, मन्दिरको दर्शनसँगै प्राकृतिक दृश्यावलोकन गर्न मानिसहरू पुग्ने गरेका छन् । मेलाबाहेक अन्य समयमा पनि दर्शन तथा पञ्चबलि गर्नका लागि जिल्लासँगै अन्य विभिन्न ठाउँबाट मानिसहरू यहाँ आउने गरेका छन् ।