२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल

अ+ अ-

काठमाडौँ । मधेस प्रदेशमा खानेपानी, कृषि, सिँचाइ एवम् सरसफाइका क्षेत्रमा काम गरिरहेका संयुक्त राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलगायतका प्रतिनिधिसँग आज सिंहदरवारमा समन्वयात्मक छलफल गरिएको छ । 

मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको सन्दर्भमा त्यहाँ उत्पन्न समस्या समाधानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो छलफल आयोजना गरेको हो ।

बैठकमा सहभागी संस्थाका प्रतिनिधिले हाल क्रियाशील रहेका क्षेत्रमा गरिरहेका प्रयासका बारेमा बताउँदै बढी प्रभावित क्षेत्र बारे प्राधिकरणले जानकारी दिएमा आवश्यक सहयोग गर्न सहज हुने बताए । 

प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश भट्टले हाल खानेपानीलाई प्राथमिकतामा राखेर काम गर्न आग्रह गर्दै प्राथमिकता दिइनुपर्ने स्थानका बारेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग विवरण मागिएको जानकारी गराए ।

यही साउन १० गते शनिबार प्राधिकरणले गृहमन्त्री रमेश लेखकको विशेष उपस्थितिमा मधेसका स्थानीय तहका प्रमुख एवम् अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेको थियो ।

त्यसअघि सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेपछि प्राधिकरणले राष्ट्रसंघीय निकाय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, रेडक्रसलाई आफ्ना कार्यक्रम आवश्यकताअनुसार परिमार्जन गरी मधेस केन्द्रित गर्न अनुरोध गरेको छ ।

गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते संघ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ ।