काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएको छ ।
बैठकको दोस्रो दिन आज १३१ जनाले विधान महाधिवेशनमा लगिने प्रस्तावहरूमाथि धारणा राखेका छन् । बैठकको पहिलो दिन हिजो ४९ जनाले बोलेका थिए ।
अहिले आयोगका अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । आयोगका अध्यक्षहरूको प्रतिवेदन प्रस्तुतिपछि अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य राख्नेछन् ।







