२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेताकै दबाबमा चिकित्सकको सरुवा अड्कियो

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले उपत्यका बाहिरका सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सक पुर्‍याउन समस्या रहेको गुनासो गरेका छन् ।

स्थायी दरबन्दीअनुसार चिकित्सक खटाउने प्रक्रियामा राजनीतिक हस्तक्षेप र व्यक्तिगत दबाबको कारण समस्या देखिएको उनको दाबी छ ।

‘गजेन्द्र नारायण सिंह अस्पतालमा स्थायी दरबन्दीमा एक जना मेसु मात्रै हुनुहुन्छ । त्यहाँ सरुवा गर्दा रमाना नै बुझ्न मान्नुहुन्न,’ मन्त्री पौडेलले भने, ‘नेपाल भरका नेताले त्यो मान्छेलाई किन त्यहाँ पठाएको भन्दै यहीँ राखिदिन दबाब दिन्छन् ।’

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले राजनीतिक दलका नेताहरुले दोहोरो व्यवहार देखाएको भन्दै आलोचना गरे । उनले भने, ‘नेताहरू भाषण ठूला ठूला गर्छन्, तर आफ्ना मान्छेलाई बाहिर पठाउँदा मिलाउन भने दबाब दिन्छन् ।’

उनका अनुसार डडेल्धुरा अस्पतालमा पनि यस्तै समस्या देखिएको छ । ‘स्वास्थ्यकर्मीको जहाँ दरबन्दी छ, त्यहाँ जानु भएको छैन । हामीले धेरै अनुरोध गर्‍यौँ, तपाईँ नगएसम्म त्यहाँको स्वास्थ्य सेवा चल्दैन जानुहोस् भनेर । तर उहाँहरू जान मान्नुहुन्न’, मन्त्री पौडेलले थपे ।

सरकारी सेवा खाएका चिकित्सकले तोकिएको ठाउँमा खटिनु पर्ने बताउँदै उनले जिम्मेवारीबाट पन्छिन नहुनेमा जोड दिए ।सरकारी जागिर खाएपछि खटाएको ठाउँमा जानुपर्छ भन्ने आग्रह मन्त्रालयले पटक पटक गरेको मन्त्री पौडेलले बताए ।

गत २८ जेठमा मन्त्रालयले दरबन्दी भएको स्थानमा हाजिर हुनका लागि कर्मचारीलाई निर्देशन दिएको थियो । तर राजनैतिक दबाबको भरमा काज बसेर काम गरिरहेका कर्मचारी आफ्नो दरबन्दीको भएको स्थानमा जान अस्वीकार गरिहरेका छन् ।

मन्त्रालयले तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको महिनौँ दिन बितिसक्दा पनि हजारौँ कर्मचारी काजमा नै बसिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार संघ अन्तर्गतका १३ अस्पताल र विभागमा काजमा बसेका कर्मचारी तीन सयभन्दा बढी छन् । देशभर काजमा रहने संख्या हजारको हाराहारीमा भएको अनुमान छ ।