२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बांङ्लादेशले जित्यो साफ यु-२० महिला च्याम्पियनसिपको उपाधि, नेपाल उपविजेतामा सीमित 

अ+ अ-

काठमाडौँ। फाइनलमा नेपालविरुद्ध ४-० को जित निकाल्दै बंगलादेश अपराजित रहँदै साफ यू-२० च्याम्पिनसिपको विजेता बनेको छ । 

सोमबार बंगलादेशको ढाकास्थित बसुन्धरा किंग्स एरिनामा सम्पन्न खेलमा घरेलु टिमको जितमा चारै गोल सागोरिकाले गरिन् । बंगलादेशकी सागोरिकाले आठौँ मिनेटमा गोल गर्दै घरेलु टिमलाई अग्रतामा राखेकी थिइन् । यही गोलबाट पहिलो हाफसम्म बंगलादेशले १–० को अग्रता बनाएको थियो । 

५१औँ मिनेटमा सागोरिकाले नै घरेलु टिमको अग्रता दोब्बर बनाइन् । त्यसको सात मिनेटपछि सागोरिकाले ह्याट्रिक गर्दा बंगलादेशले अग्रतालाई ३-० मा पूर्याएको थियो ।

७७औँ मिनेटमा सागोरिकाले चौथो गोल गरेपछि बंगलादेशले सहज जित सुनिश्चित गरेको हो ।

योसँगै बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको छ । यसअघि प्रतियोगिताको पहिलो चरणमा बंगलादेशले नेपालविरुद्ध ३–२ को जित निकालेको थियो ।

डबल राउन्ड रोविन आधारमा सञ्चालित प्रतियोगितामा बंगलादेशले ६ खेल खेल्दा १८ अंक जोड्यो । समान खेलबाट १२ अंक जोडेको नेपाल उपविजेतामा सीमित बनेको हो । समान खेलबाट ६ अंक जोडेको भुटान तेस्रो र जितविहीन बनेको श्रीलंकाले पुछारमा रहँदै प्रतियोगिता अन्त्य गरे ।

नेपाललाई प्रतियोगिताको च्याम्पियन बन्न आज जित्नैपर्ने समीकरण थियो ।