२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिभुवन विमानस्थलबाट ४४ अध्यागमन अधिकृतको सरुवा 

अ+ अ-

काठमाडौँ । अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमन अधिकृतसहित ४४ जना शाखा  अधिकृतहरूको सरुवा गरिएको छ । 

गृह मन्त्रालयले नव नियुक्त ४४ जना शाखा अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन विमानस्थलमा खटाएसँगै त्यहाँ कार्यरत सोही सङ्ख्याका अधिकृतहरूलाई सरुवा गरेको हो । 

गृह मन्त्रालय प्रशासन विशेष स्रोतका अनुसार ३९ जना शाखा अधिकृतलाई मन्त्रालयमा तानिएको छ भने पाँच जना अधिकृतहरूलाई अध्यागमन विभागले वीरगन्ज र भैरहवा सरुवा  गरेको छ । मन्त्रालयमा सरुवा गरिएका अधिकांशलाई जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरूमा खटाउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ। ती कर्मचारीलाई सम्भवतः मङ्गलवारसम्म नयाँ कार्यस्थलमा खटाइसक्ने तयारी छ।

विभागले मार्सल पन्त, सिद्धराज शर्मा, लोकेन्द्र बहादुर विष्ट, हेमराज जोशी र सुवास शर्मा पौडेललाई वीरगञ्ज र भैरहवा अध्यागमन कार्यालयतर्फ पठाएको हो।

अध्यागमनबाट कर्मचारी फिर्ता गर्दा प्राथमिकताका आधारमा सरुवा गरिएको जनाइएको छ। अध्यागमन कार्यालयमा दोहोर्‍याएर वा तेहेराएर गएकाहरू र गृह मन्त्रालय बाहिरैबाट सिधै पहिलो पदस्थापन अध्यागमनमा भएकाहरूलाई पहिलो प्राथमिकतामा राखेर अन्त सरुवा गरिएको गृह प्रशासन स्रोतले जानकारी दिएको छ।

भिजिट भिसा प्रकरणसँगै व्यापक मात्रामा कर्मचारी फेरबदल गरेको मन्त्रालयले विभागीय प्रमुखदेखि अध्यागमन अधिकृतसम्मै फेरबदल गरेको छ ।