२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएका ४९० जनाको नामावली राखियो

अ+ अ-

काठमाडौँ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरूको नामावली राखिएको छ ।

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान गुमाएका गोरखाका ४९० जनाको नामावली स्मृति उद्यानमा राखिएको संघीय आयोजना कार्यान्वयन एकाइ पोखराले जानकारी दिएको छ ।

उद्यानमा भूकम्पमा परेर ज्यान गुमाएका १४ वटै जिल्लाका मृतकको नामावली छुट्टाछुट्टै स्तम्भमा राख्ने भनिए पनि गृह मन्त्रालयबाट सबैको नामावली प्राप्त हुन नसक्दा गोरखाका मृतकहरूको मात्र नामावली राखिएको छ।

गोरखा भूकम्पमा परेर ज्यान गुमाएका सबैको नामावली प्राप्त नहुँदा स्मृति उद्यानको काममा ढिलाइ हुँदै आएको छ । विसं २०७४ मङ्सिर १४ गते ठेक्का सम्झौता गरी उद्यान निर्माणको काम अगाडि बढाइएको थियो । सरकारी स्वामित्वको करिब २१६ रोपनी क्षेत्रफलमा स्तम्भ, बगैँचालगायतका अन्य संरचना निर्माण गरिएको छ ।

त्यस्तै, स्मृति स्तम्भ मण्डला, मण्डलामा चिप्स राख्ने, रङरोगन, स्मृति उद्यान पुग्ने ४०० मिटर सडक कालोपत्रको काम यसअघि नै सम्पन्न भइसकेको ठेकेदार कम्पनी स्वच्छन्द/होम निर्माण जेभीले जनाएको छ ।