२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्या भण्डारीको प्रवक्ता नबन्न नेताहरूलाई ओलीले दिए चेतावनी

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अरू नेताहरूलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रवक्ता नबन्न सुझाव दिएका छन् ।

पार्टीको नवौँ केन्द्रीय कमिटी बैठकको सुरुवात गर्दै अध्यक्ष ओलीले भण्डारीले अहिलेसम्म केही नभनेकाले अरूलाई उनको प्रवक्ता नबन्न सुझाएका हुन् ।

अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अघिपछि लाग्दै हिँडेका नेताहरूप्रति रोषसमेत प्रकट गरे । उनले चुनाव हारेका नेताहरू पनि भण्डारीको अघिपछि लागेर हिँडेको भन्दै आपत्ति जनाएका हुन् ।

‘जता जाँदा पनि पछ्याउन पर्ने ? चुनाव हारेकाहरूले पछ्याएर हिँड्ने ?,’ ओलीले बैठकमा राखेको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘यसरी हुँदैन ।’

उनले पूर्वराष्ट्रपति भण्डारीलाई बालुवाटार नै बोलाएको स्वीकार पनि गरे । तर, भण्डारीले नै लामो समयदेखि पार्टी कार्यालय नगएको भन्दै च्यासलमा भेट्न आग्रह गरेको उनले बैठकमा सुनाए ।

‘विद्याजीलाई बालुवाटार नै बोलाएको थिएँ, उहाँले पार्टी कार्यालय देखेको छैन भन्नुभयो । च्यासलमा भेटियो,’ अध्यक्ष ओलीले भने, ‘पूर्व राष्ट्रपति र प्रधानमन्त्री भेट्दा के ठूलो कुरा भयो र तपाईँहरूले ठूलो बनाउनुभएको छ ।’

उनले विद्या भण्डारीले अहिलेसम्म के गर्छु भनेर खुलस्त नभनिसकेकाले भण्डारीको प्रवक्ता नबन्न पनि सुझाव दिएका छन् । ‘कोही उहाँको प्रवक्ता बन्नुभएको छ, त्यो किन पर्‍यो त्यो,’ अध्यक्ष ओलीले भने, ‘उहाँले के गर्नुहुन्छ भनिसक्नुभएको छैन ।’

उनले पार्टीभित्र अस्वस्थ गतिविधि हुन नदिने पनि बताएका छन् । पार्टीको राजनीतिक प्रतिवेदन भन्दै मौखिक रूपमै आफ्ना भनाइ राखेका अध्यक्ष ओलीले एमालेको आन्दोलनले सधैँ हमला बेहोरेको बताए ।