२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले पार्टीलाई आदेशबाट विधिमा चल्ने बनाउन सघन अन्तरसंघर्ष गर्न आह्वान गरेका छन् ।

बिहीबार रातिसम्म चलेको एमाले सचिवालय बैठकको निर्णयहरूप्रति संकेत गर्दै थापाले पार्टीभित्र व्यापक अन्तरसंघर्ष आवश्यक रहेको भन्दै यसका लागि पार्टी पंक्तिलाई आह्वान गरेका छन् ।

‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धी स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरुवात भएको छ एमालेको सचिवालयको बैठकमा,’ थापाले शुक्रबार बिहान फेसबुकमा लेखेका छन् ।

उनले थपेका छन्, ‘कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौँ ।’

नेता थापाले पार्टी अध्यक्षको आदेशमा चल्न थालेको संकेत गर्दै यसलाई सच्याउन पार्टीभित्र संघर्ष रहेको उल्लेख गरेका छन् । ‘आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तरसंघर्षलाई सघन बनाऔँ ।’

उनले अन्तरसंघर्षलाई मर्यादित र सिष्ट बनाउन पनि आग्रह गरेका छन् ।

एमालेको सचिवालय बैठक बिहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक सारे शुक्रबार ३ बजेका लागि बोलाइएको छ ।

बिहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।

साथै, दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ ।

बैठकमा पोखरेल लगायतका केही नेताहरूले यसमा फरक मत राखेका छन् ।

सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्युरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिन्छ ।