२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मदन भण्डारी हिरक महोत्सव मनाउन डोरमणिको अध्यक्षता समिति गठन गरिने

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका दिवंगत नेता मदन भण्डारीको स्मृतिमा हिरक महोत्सव मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा मदन भण्डारी हिरक महोत्सव समिति गठन गरिने भएको छ ।

फाउन्डेसनका अनुसार भण्डारीको ७५औँ जन्म जयन्तीको सन्दर्भमा उनको व्यक्तित्व, कृतित्व र योगदानलाई जनसमक्ष पुर्‍याउने उद्देश्यले ‘जननेता मदन भण्डारी ७५ औँ जन्म जयन्ती मूल व्यवस्थापन समिति’ गठन गर्न खोजिएको हो ।

फाउन्डेसनले मंगलबार यसबारे जानकारी दिन पत्रकार सम्मेलन पनि आयोजना गरेको छ ।

१४ असार २००९ मा जन्मिएका भण्डारीको ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो । ४१ वर्षमै दुर्घटनामा ज्यान गुमाएका भण्डारी जनताको बहुदलीय जनवाद (जबज) का प्रणेता हुन् ।

०४६ भदौमा सम्पन्न नेकपा मालेको चौथो महाधिवेशनबाट महासचिव भएका भण्डारीले झन्डै साढे तीन वर्ष मात्रै खुला राजनीतिमा बिताउन पाए ।

उनकै स्मृतिमा गठन गरिएको फाउन्डेसनले हिरक महोत्सव मनाउने तयारी सुरु गरेको हो ।