काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरी बर्दिबास नगरपालिका-६ घर भएका हाल बुढानिलकण्ठ नगरपालिका-१० कपन बस्ने ६२ वर्षीय शिव शंकर बराललाई शुक्रबार पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट २०८१ फागुन १९ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ कपनबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।







